दक्षिण अफ्रिकामा यी महिलाले एकै पटक जन्माइन् १० जना शिशु



काठमाडौ,जेठ २६ । दक्षिण अफ्रिकामा एक महिलाले एकै पटकमा १० जना शिशुलाई जन्म दिएकी छन् ।


३७ वर्षीय गोएसामे थामेरा सिथोला नाम गरेकी महिलाले ७ छोरा र ३ जना छोरीलाई जन्म दिनुभएको अन्तराष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् ।


उनले यस अघि पनि जुम्ल्याहा बच्चा जन्माएकी बताइएको छ । सिथोलाले एकैपटक १० शिशुलाई जन्म दिएर विश्व रेकर्ड कायम गरेकी छन् । १० जना बच्चालाई शल्यक्रियामार्फत् जन्माइएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्