सुनको भाउ घट्यो, तोलाको कति ?



काठमाडौं, जेठ २७ । बिहीबार सुनको भाउ घटेको छ । बुधबार प्रतितोला ९४ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन ३ सय रुपैयाँले घटेर बिहीबार ल प्रतितोला ९३ हजार ९ सय रुपैयाँमा किनबेच भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार आज बिहीबार तेजाबी सुन प्रतितोला ९३ हजार ४ सय रुपैयाँमा कारोबार भैरहेको उल्लेख छ । हिजो बुधबार भने प्रतितोला ९३ हजार ७ सय रुपैयाँमा खरिद विक्रि भएको थियो ।

आज चाँदीको मुल्य भने ५ रुपैयाँले बढेको छ । हिजो १३ सय ५० रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला १३ सय ५५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्