पोखरीमा डुबेर धनुषामा एकैपटक पाँच बालिकाको मृत्यु



धनुषा,जेठ २८ । जिल्लास्थित पोखरीमा डुबेर एकैपटक पाँच बालिकाको मृत्यु भएको छ । जिल्लाको मुखियापट्टि मुसहरनिया–६ लक्ष्मीपुरका पाँच बालिकाको शुक्रबार दिउँसो पोखरीमा डुबेर मृत्यु भएकोे जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

घर नजिकैको पोखरीमा नुहाउन गएका बालिकाहरुको दिउँसो १२ः०० बजेको समयमा पानीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा स्थानीयवासी पल्टु यादवकी १२ वर्षीया छोरी लक्ष्मीनिया, जोगिन्द्र भगतकी १० वर्षीया छोरी चन्द्रकुमारी, राजगिर पुर्वेकी १३ वर्षीया छोरी मञ्जु, जगरनाथ ठाकुरकी १२ वर्षीया छोरी चान्दनी र उतिम साह तेलीकी १२ वर्षीया छोरी ललिताको मृत्यु भएको प्रहरीले उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस्