आज अस्ट्रेलियासँग भिड्दै नेपाल



काठमाडौं,जेठ २८ । सन् २०२२ मा कतारमा हुने विश्‍वकप र २०२३ मा चीनमा हुने एसिया कप फुटबलका लागि भइरहेको एसियाली क्षेत्रको संयुक्त छनोटअन्तर्गत समूह बी का खेलहरु कुवेतमा भइरहेको छ ।

नेपालले कुवेतमा आज आफ्नो अन्तिम खेल अस्ट्रेलियासँग खेल्दैछ । खेल नेपाली समयअनुसार बेलुका पौने १० बजेदेखि सुरु हुनेछ । खेलको कान्तिपुर टेलिभिजनबाट प्रत्यक्ष प्रसारण हुनेछ ।

नेपाल अबदुल्लाह अलमुताइरीको प्रशिक्षण र किरण चेम्जोङको कप्तानीमा युवा खेलाडीको बाहुल्यता रहेको टोलीका साथ मैदानमा उत्रिनेछ । नेपाल टोलीका प्रशिक्षक अलमुताइरीले आजको खेलमा अन्य युवा खेलाडीले पनि मौका पाउन सक्ने कुरा बताएका छन् ।अल्मुनाइरीले नेपालको खेलमा सुधार आएको बताए। अस्ट्रेलियासँगको खेल कठिन भए पनि महत्वपूर्ण भएको उनको भनाइ छ।

यसअघि भएको भेटमा नेपाल अस्ट्रेलियासँग ५-० ले पराजित भएको थियो । त्यसैगरी छनौटका अन्य खेलहरुमा चाइनिज ताइपेईलाई पराजित गर्दा जोर्डनसँग पराजित भएको थियो ।

नेपालको सन् २०२२ को विश्वकप फुटबलमा छनोट हुने सम्भावना भने सकिइसकेको छ । यद्यपि नेपालको एसियन कपमा छनौट हुने आशा भने जीवितै रहेको छ ।

प्रतिक्रिया दिनुहोस्