जर्मनीले नेपाललाई ४ अर्ब ८० करोड अनुदान सहयोग दिने



काठमाडौं,जेठ ३१ । जर्मनीले नेपाललाई ४ अर्ब ८० करोड अनुदान सहयोग दिने भएको छ। जर्मनीले नेपाल सरकारलाई वित्तीय तथा प्राविधिक सहयोगस्वरुप उक्त रकम अनुदान दिने भएको हो ।

नेपाल र जर्मनीबीच जारी द्विपक्षीय सहयोग अन्तर्गत आगामी सन् २०२३ सम्म प्राविधिक सहयोग तथा सन् २०२५ सम्म वित्तीय सहायतालाई निरन्तरता दिने सम्झौता भएको हो ।

सम्झौतामा नेपालका लागि जर्मनीका राजदूत रोल्यान्ड सेफेर र अर्थ मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपालले आज हस्ताक्षर गर्नुभएको छ ।

नेपालका मध्य तथा सुदूरपश्चिमाञ्चल क्षेत्रमा ऊर्जा तथा नवीकरणीय ऊर्जा, दिगो आर्थिक विकास र स्वास्थ्य क्षेत्रका लागि रकम दिइने जर्मन दूतावासले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्