गण्डकीका मुख्यमन्त्री पोखरेलले पाए विश्वासको मत



कास्की,असार ४ । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशसभाबाट विश्वासको मत पाएका छन् । उनको विश्वासको मत लिने प्रस्तावको पक्षमा ३१ प्रदेश सांसद र विपक्षमा २७ प्रदेश सांसदले मतदान गरेका छन् ।

कुल ६० प्रदेश सभा सदस्य रहेको गण्डकीमा मुख्यमन्त्रीले विश्वासको मत पाउन ३१ जना सांसदको समर्थन आवश्यक पर्दथ्यो ।

पोखरेललाई गएको जेठ २९ मा मात्रै प्रदेश प्रमुख सीता कुमारी पौडेलले मुख्यमन्त्रीमा नियुक्त गरेकी थिइन् । प्रदेशका नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपा, जनमोर्चाको गठबन्धनबाट पोखरेल बहुमतको आधारमा मुख्यमन्त्री बनेका हुन् ।

यसरी बनेका मुख्यमन्त्रीले एक महिनाभित्र विश्वासको मत लिनुपर्ने व्यवस्था रहेको छ । तर पोखरेलले भने एक साताभित्रै विश्वासको मत लिएका हुन् ।

गएको जेठ २७ मा पृथ्वीसुब्बा गुरुङले प्रदेश सभाबाट विश्वासको मत पाउन असफल भएका थिए ।

प्रतिक्रिया दिनुहोस्