नेपाल आइपुगे राष्ट्रिय फुटबल टिमका प्रशिक्षक अब्दुल्लाह



काठमाडौं,असार ५ । राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी नेपाल आइपुगेका छन् । उनी शनिबार नेपाल एयरलाइन्सको जहाजमार्फत् कतारको दोहा हुँदै नेपाल आइपुगेका हुन् । अलमुताइरिलाई अखिल नेपाल फुटबल संघ (एन्फा)का कार्यसमिति सदस्यहरु मधुसुदन उपाध्याय र रुपेश अधिकारीले त्रिभुवन विमानस्थलमा स्वागत गरेका थिए ।

नेपाली टिम भने गत आइतबार नै स्वदेश फर्किसकेकाे छ ।विश्वकप र एसियन कप छनोट अन्तर्गत दाेस्राे चरणका खेलहरु सकिएपछि अलमुताइरी कुवेतमै रहेका थिए।

कुवेती प्रशिक्षक अलमुताइरीले प्रशिक्षण सम्हालेपछि नेपालले विश्वकप छनोटकाे बाँकी ३ खेल मात्र खेलेको छ ।

प्रतिक्रिया दिनुहोस्