युरोकप: जर्मनीको पोर्चुगलमाथिशानदार जित



एजेन्सी,असार ६ । युरोकप अन्तर्गत भएको खेलमा जर्मनीले पोर्चुगलमाथि शानदार जित हासिल गरेको छ । गएको शनिबार राति सम्पन्न खेलमा जर्मनीले पोर्चुगललाई ४-२ गोल अन्तरले पराजित गरेको हो ।

जर्मनीको जितमा काइ हाभेर्ट र रोबिन गोसेन्सले एक एक गोल गरेका थिए भने दुई गोल पोर्चुगलका खेलाडीले आत्मघाती गोल गरेका थिए । खेलको ३५औ मिनेटमा रुबेन डियास र ३९औ मिनेटमा  राफेल गुरेएइरोले आत्मघाती गोल गरेका थिए ।

त्यस्तै पोर्चुगलका लागि क्रिस्टियानो रोनाल्डो र डियोगो जोटाले एक एक गोल गरेका थिए । रोनाल्डोले यस युरोकपमा २ खेलमा ३ गोल गरेका छन् ।

यो जितपछि जर्मनीको २ खेलमा ३ अंक भएको छ भने पोर्चुगलको पनि २ खेलमा ३ अंक रहेको छ ।  अब समुह चरणको अन्तिम खेलमा जर्मनीले हंगेरीको सामना गर्ने छ भने पोर्चुगलले फ्रान्सको सामना गर्ने छ ।

प्रतिक्रिया दिनुहोस्