उपत्यकामा थप एक साता निषेधाज्ञा लम्बियो



काठमाडौं,असार ६ । काठमाडौसहित उपत्यकामा एकसाता निषेधाज्ञा लम्बिएको छ । कोरोना भाइरस संक्रमण रोकथामका लागि आइतबार बसेको काठमाडौं उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयहरुको संयुक्त बैठकले निषेधाज्ञा एकसाता थप्ने निर्णय गरेको हो ।

थप गरिएको निषेधाज्ञा असार १४ गते मध्यरातसम्म लागु हुनेछ । ललितपुरका सीडीओ ढुण्डीप्रसाद निरौलाका अनुसार काठमाडौं, भक्तपुर र ललितपुरमा भाइरस संक्रमण उल्लेखनीयरुपमा नघटेको निष्कर्ष निकाल्दै जारी निषेधाज्ञालाई थप गरिएको हो ।

थपिएको निषेधाज्ञा अवधिमा थप केही क्षेत्र खुकुलो बनाइएको छ । निजी सवारीलाई जोर-बिजोरअनुसार चल्न दिइने भएको छ । अहिलेको निषेधाज्ञा असार ७ गते मध्यरातसम्म कायमै रहनेछ । थपिएको निषेधाज्ञा अवधिमा निजी सवारी साधन जोर विजोर प्रणालीमा चलाउन पाइने भएको छ भने बार अनुसार पसल सञ्चालन गर्न पाइनेछ ।

प्रतिक्रिया दिनुहोस्