थप २२ सय ९७ संक्रमित थपिए



काठमाडौं, असार ७ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका २ हजार २ सय ९७ जना संक्रमित थपिएका छन् । यससंगै कुल संक्रमितको संख्या ६ लाख २४ हजार ९ सय ३७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

२४ घण्टामा ३ हजार १ सय ३० जना संक्रमणमुक्त भएका छन् । हालसम्म ५ लाख ५९ हजार ९ सय २८ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

सोही समयावधिमा १० हजार ९ सय ४ जनाको परिक्षणमा ६५ सय ८३ जना पिसीआर बिधिबाट र ४३ सय २१ जना एन्टिजेन बिधिबाट कोरोना संक्रमण पुष्टि भएको हो ।

प्रतिक्रिया दिनुहोस्