नुवाकोटमा असार १५ गतेसम्म निषेधाज्ञा लम्बियो



नुवाकोट,असार ७ । नुवाकोटमा असार १५ गतेसम्म निषेधाज्ञा थपिएको छ ।

जिल्लामा कोभिड–१९ का बिरामी दैनिक रूपमा बढ्दै गएपछि निषेधाज्ञा थप ७ दिनसम्म जारी राख्ने निर्णय गरिएको हो । जिल्लास्तरीय कोभिड–१९ व्यवस्थापन केन्द्र (डिसिसिएमसी) ले यसअघि जारी गरेको निषेधाज्ञाको समय सोमवार राती १२ बजेबाट सकिँदै थियो ।

डिसिसिएमसीको सोमवारको बसेको बैठकले असार १५  गते राति  १२ बजेसम्म जिल्लाभर लागु हुने गरी निषेधाज्ञालाई निरन्तरता दिने निर्णय गरेको हो ।

निर्णय अनुसार अत्यावश्यक काम बाहेक कुनै पनि व्यक्ति घर बाहिर निस्कन नपाउने, नेपाल सरकारद्वारा तोकिएको सामाजिक दूरी, स्वास्थ्य सुरक्षा मापदण्डको अनिवार्य पालना गर्ने, बजार, मेला, महोत्सव, पार्टी, भोज, भतेर लगायतका भिडभाड हुने कार्य नगर्ने नगराउने र कोभिड–१९ को लक्षण देखिएमा वा त्यस्तै प्रकारका अन्य कुनै स्वास्थ्य समस्या देखिएमा तुरुन्तै नजिकको स्वास्थ्य संस्था वा स्थानीय तहमा सम्पर्क राख्नु पर्नेछ ।

प्रतिक्रिया दिनुहोस्