माओवादी केन्द्रद्वारा १४ जना नेता निष्कासित



काठमाडौं,असार ७ । नेकपा (माओवादी केन्द्र) ले पार्टी छोडेका १४ जना नेताहरुलाई कारबाही गरेको छ। केन्द्रले उनिहरुलाई पार्टीबाट नि निष्कासन गरेको हो।

माओवादी केन्द्रको आज बसेको आकस्मिक केन्द्रीय समिति बैठकले १४ जना स्थानीय तहका जनप्रतिनिधिलाई पार्टीबाट निष्कासन गरेको जनाएको छ । केन्द्रका केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालका अनुसार निष्कासनमा परेकामा दुई जना मेयर छन्।कारबाहीमा पर्ने मेयरमा रौतहट मौलापुर नगरपालिकाकी रिना कुमारी साह र रौतहट कटरियाका सियाराम कुशवाह छन्। रिना पूर्वमन्त्री प्रभु साहकी श्रीमती हुन्।साह सर्वोच्च अदालतले नेकपा एकतालाई मान्यता नदिएपछि नेकपा एमालेमै बसेका थिए।

यस्तै ५ जना उपमेयर कारबाहीमा परेका छन्। रौतहट देवाही गोनाही नगरपालिकाकी उपप्रमुख परनिया देवी, रौतहट मौलापुरका उपप्रमुख गौरिशंकर जयसवाल, फतुवाविजयपुर रौतहटकी उपप्रमुख कान्ती देवी र मानवनारायण रौतहटकी उपप्रमुख सिमल साह छन्।कैलाली भजनी नगरपालिकाका उपप्रमुख छायाँ देवकोटालाई पनि माओवादी परित्याग गरेको भन्दै कारबाही गरेको छ।

सम्सी गाउँपालिका महोत्तरीका अध्यक्ष शेष फारुक पनि कारबाहीमा परेका छन्। यस्तै यमुनामाई गाउँपालिकाकी उपाध्यक्ष गितादेवी साहलाई पनि माओवादी केन्द्रले कारबाही गरेको छ।

४ जना वडाअध्यक्षलाई पनि माओवादीले कारबाही गरेको छ। जसमा गौरीगंगा नगरपालिका –४, कैलालीकी वडाध्यक्ष भागिरथी विष्ट, गोदावरी नगरपालिका–१, कैलालीका वडाध्यक्ष शर्मानन्द भट्ट, बर्दगोरिया नगरपालिका –४, कैलालीका वडाध्यक्ष पुरन विसी र चम्पादेवी गाउँपालिका–७, ओखलढुंगाका वडाध्यक्ष सुरेश कुमार थापा छन्।

यस्तै लहान नगरपालिका सिरहाका नगर कार्यपालिका सदस्य सतमीलाल दास ताती पनि कारबाही परेका छन् पार्टी छोडेकाहरूलाई कारबाही गरेको पत्र माओवादी केन्द्रले निर्वाचन आयोगमा पठाएको थियो।

तर कारबाहीको अनुमोदन र केन्द्रीय समितिको माइन्युट आयोगमा माओवादीले बुझाएको थिएन। केन्द्रीय समितिले अनुमोदन गरेसँगै माओवादी केन्द्रीले विवरण अद्यावधिक गर्न आयोगमा पठाउने ढकालले बताए।

प्रतिक्रिया दिनुहोस्