कोरोना अपडेट: संक्रमण ४५२२, ४९५४ संक्रमणमुक्त



काठमाडौं, असार ८ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ४ हजार ५ सय २२ जना संक्रमित थपिएका छन् । यससंगै कुल संक्रमितको संख्या ६ लाख २६ हजार ३ सय ४३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

२४ घण्टा समयमा ४ हजार ९ सय ५४ जना संक्रमणमुक्त भएका छन् । हालसम्म ५ लाख ६४ हजार ८ सय ८२ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

गत २४ घण्टामा १६ हजार ९ सय १३ जनामा गरिएको परीक्षणमा ४ हजार ५ सय २२ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै कोरोना संक्रमणबाट थप ४१ जनाको मृत्यु भएको छ । यससँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ८ हजार ८ सय १३  पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्