कोरोना अपडेट: थप संक्रमित १५११, मृत्यु ५२ जना



काठमाडौ,असार ९ । नेपालमा पछिल्लो २४ घण्टामा थप एक हजार ५११ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सात हजार ४६१ जनामा गरिएको पीसीआर परीक्षणमा साे सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको तथ्यांक सार्वजनिक गरिएको हो ।

यस्तै, चारहजार ९५३ जनामा गरिएको एन्टिजेन परीक्षणमा नाै सय दश जनामा सङ्क्रमण पुष्टि भएको छ । 

पछिल्लो २४ घण्टामा कोरोना भाइरस सङ्क्रमणका कारण ५२ जनाको मृत्यु भएको छ । यस्तै, केही दिनदेखि छुटेका मृत्युकाे तथ्यांकसहित अहिलेसम्म भाइरस सङ्क्रमणका कारण ८८९४ जनाको मृत्यु भैसकेको छ ।

तीन हजार ५५८ जना सङ्क्रमणमुक्त भएका छन् । अहिलेसम्म ९०.२ प्रतिशत सङ्क्रमणमुक्त भएका छन् ।

प्रतिक्रिया दिनुहोस्