अन्तर्राष्ट्रिय उडान बिहीबारबाटै, आन्तरिक उडान १७ असारदेखि



काठमाडौं,असार ९ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नियमित आन्तरिक उडान १७ असारबाट शुरु गर्ने निर्णय गरेको छ । यद्यपी अन्तर्राष्ट्रिय उडान भने बिहीबारबाटै शुरु हुनेछ ।

यसअघि मन्त्रिपरिषद्ले उडानको मिति तोक्ने जिम्मेवारी दिएपछि बुधबार पर्यटन मन्त्रालयमा सचिवले निर्णय गरेका हुन् । मन्त्रालयका प्रवक्ता तारानाथ अधिकारीले १ जुलाई अर्थातः १७ असारबाट आन्तरिकतर्फका नियमित उडान हुने जनाएको हो ।

मन्त्रालयका संचना अधिकारी प्रेम सुवेदीले जारी गरेको सूचनामा साविकको तुलनामा ५० प्रतिशत मात्र हुने गरि उडान गरिने उल्लेख छ । यसको ब्यवस्थापन गर्ने जिम्मा भने नेपाल नागरिक उड्डयन प्राधिकरणलाई दिएको छ । मन्त्रिपरिषद्को निर्णयपछि विमानस्थल र वायुसेवा कम्पनीले गर्ने टिकेटिङ, उपत्यका बाहिर रहेका वायुसेवा कम्पनीका कर्मचारीलाई उपत्यका फर्कने समय समेत राखेर एक सातापछिबाट उडान शुरु गर्न लागिएको बताइएको छ ।

अन्तर्राष्ट्रिय गन्तब्यमा भने तोकिएको रुटमा बिहीबारबाटै उडान शुरु हुँदै५ । मन्त्रालयले जुन ३० सम्मका लागि उडान तालिका सार्वजनिक गरेको छ ।

प्रतिक्रिया दिनुहोस्