कोरोना महामारी बीच पनि लखपतिको संख्या लाखौंले बढ्यो



एजेन्सी,असार १० । कोरोना भाइरसको महामारी बीच विश्वभर ५० लाखभन्दा धेरै लखपति थपिएका छन् । 

यस अवधिमा कयौं मानिसहरु पहिलाको भन्दा गरिब भएका छन् । तर लखपतिको संख्या भने विश्वभर ५२ लाखले बढेर ५ करोड ६१ लाखमा पुगेको क्रेडिट सुसीको अनुसन्धानले देखाएको छ । 

सन् २०२० मा पहिलो पटक एक प्रतिशतभन्दा धेरै युवा लखपति भएका छन् । शेयर बजारमा आएको सुधार र घरको मूल्यमा भएको वृद्धिका कारण उनीहरुको सम्पत्ति बढेको हो । 

सम्पत्तिको सृजना कोरोना भाइरसको महामारीको पीडासँग पूर्णतः असम्बन्धित रहेको अनुसन्धाताहरुले बताएका छन् । महामारीले विश्व बजारलाई कम समय मात्रै प्रभावित बनाएको अनि सन् २०२० को अन्त्यसम्ममा सो कमी पूर्णतः उल्टिसकेको ग्लोबल वेल्थ प्रतिवेदनका लेखक तथा अर्थशास्त्री एन्थोनी शोर्रोक्सले भने ।

वर्षको उतरार्द्धमा विश्वको सम्पत्ति तीव्र रुपमा बढेको पनि उनले बताए । यद्यपि, युवाहरु बीच सम्पत्ति असमानता झनै फराकिलो भएको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्