ब्राजिललाई पराजित गर्दै अर्जेन्टिनाले हात पार्यो कोपा अमेरिकाको उपाधि



एजेन्सी,असार २७ । कोपा अमेरिकाको उपाधि अर्जेन्टिनाले जितेको छ । आइबार बिहान भएको खेलमा ब्राजिललाई १-० गोल अन्तरले पराजित गर्दै अर्जेन्टिनाले उपाधि हात पारेको हो ।

अर्जेन्टिनालाई उपाधि दिलाउनको लागि विंगर एन्जल डी मारियाले गोल गरे । उनले खेलेको २२ मिनेटमा गोल गरेका थिए ।

खेलको सुरुमा निकै प्रतिस्पर्धात्मक बनेको ब्राजिलले केहि आक्रमक प्रस्तुत भएपनि गोल गर्न असमर्थ रह्यो ।

प्रतिक्रिया दिनुहोस्