टोखा नगरको झोरमा वृक्षरोपण सम्पन्न [भिडियो]



काठमाडौ,असार २८ । टोखा नगरपालिका वडा नम्बर १ स्थित झोरमा रहेको बाल उद्यान आसपास क्षेत्रमा वृक्षरोपण गरिएको छ। श्री गोरखबहादुर गणका क्याप्टेन सुबासचन्द्र महतको नेतृत्वमा आएको सेनाको एक टोलीले वृक्षरोपण गरेको टोखा नगरपालिका वडा नम्बर १ कार्यालयले जनाएको छ।

बाल उद्यानको बाहिरी क्षेत्रमा तीन सय बोट बिरुवा रोपिएको गणका क्याप्टेन महतले बताए। धुपी,सल्ला, गुराँस लगायत विभिन्न ७ प्रकारका विरुवा रोपिएको जनाइएको छ।

वृक्षारोपण कार्यक्रम टोखा नगरका उपमेयर ज्ञानमाया डङ्गोल, वडा नम्बर १ का अध्यक्ष श्रीकृष्ण अधिकारी,स्थानीय शिक्षक समाजसेवी लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रम सम्बन्धित भिडियो हेर्नुस्

कार्यक्रममा बोल्दै टोखा नगर वडा नम्बर १ का अध्यक्ष श्रीकृष्ण अधिकारीले वृक्षरोपणले नवनिर्मित बाल उद्यानलाई भविष्यमा थप सौन्दर्यता थप्न सहयोग गर्ने बताए। टोखा नगरले झोर क्षेत्रलाई समेत पर्यटनको प्रसस्त सम्भावनाको आकलन गर्दै बजेट विनियोजन गरेको बताउदै वडा अध्यक्ष अधिकारीले गुरुयोजना अनुरुप पर्यटनका क्षेत्र बिकासका लागि नगर लागिपरेको बताए।

झोर झरना हुँदै बाल उद्यान र यस वर्ष बुद्धको मुर्ति स्थापना गरिने लगायतका पर्यटन कार्यक्रम अगाडि बढाइएको उनले बताए।त्यस्तै वडाले पर्यटनको सम्भावना भएका त्यस्ता ठाउँसम्म आवातजावतका सहजताका लागि पक्की मोटरबाटो तथा ढलान कार्यका लागि बजेट विनियोजन गरेको उल्लेख गरे।

कार्यक्रममा उपस्थित उपमेयर, वडा अध्यक्ष लगायत स्थानीय बुद्धिजीवी

वृक्षरोपण कार्यक्रमका केही तस्वीर

बाल उद्यानका केहि तस्बिरहरु

प्रतिक्रिया दिनुहोस्