भारतमा पछिल्लो २४ घण्टामा ३८ हजार सङ्क्रमित थपिए



एजेन्सी,साउन ४ । भारतमा बितेको २४ घण्टामा कोरोनाभाइरसका ३८ हजार १६४ सङ्क्रमित थपिएका छन् । कुल १४ लाख ६३ हजार ५९३ जनामा गरिएको नमूना परीक्षणमा उक्त संख्यामा संक्रमण पुष्टि भएको तथ्यांक सार्वजनिक भएको हो ।

समाचार संस्था एएनआईले सार्वजनिक गरेको तथ्यांकअनुसार भारतमा हाल चार लाख २१ हजार ६६५ सङ्क्रमित सक्रिय अवस्थामा छन् । पछिल्लो २४ घण्टामा ३८ हजार ६६० सङ्क्रमित कोरोनामुक्त भएका छन् ।

भारतमा हालसम्म तीन करोड तीन लाख आठ हजार ४५६ जना सङ्क्रमित कोरोनामुक्त भएका छन् ।
गएको चौबीस घण्टामा ४९९ जना सङ्क्रमितको मृत्यु भएको छ । भारतमा कोरोना सङ्क्रमणबाट हालसम्म चार लाख १४ हजार १०८ जनाको मृत्यु भएको छ ।
भारतमा हालसम्म ४० करोड ६४ लाख ८१ हजार ४९३ डोज खोप लगाइएको छ ।

प्रतिक्रिया दिनुहोस्