अन्तरिक्षमा पुगे एमाजनका संस्थापक तथा संसारकै सबैभन्दा धनी जेफ बेजोस



एजेन्सी,साउन ६ । अमेरिकी अनलाइन खुद्रा कम्पनी एमाजनका संस्थापक तथा संसारकै सबैभन्दा धनी व्यक्ति जेफ बेजोस अन्तरिक्षमा पुगेका छन् । 

आफ्नै अन्तरिक्ष अन्वेषण कम्पनी ब्लु ओरिजिनले प्रक्षेपण गरेको रकेटमा चढेर अन्तरिक्ष पुगेर उनले मंगलवार इतिहास बनाएका छन् । बेजोसको साथमा उनका भाइ मार्क पनि छन् ।

सो रकेटमा १८ वर्षिय युवा र ८२ वर्षका अर्का वृद्ध पनि छन् । यिनीहरु दुबै जनाले अन्तरिक्षमा पुग्ने सबैभन्दा कान्छा र पाको व्यक्तिको कीर्तिमान बनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्