नेकपा एमाले नुवाकोटको जिल्ला संगठनको बैठक सम्पन्न



नुवाकोट, साउन ६ । नेपाल कम्युनिस्ट पार्टी एमाले नुवाकोटको जिल्ला संगठनको सचिवालय बैठक सम्पन्न भएको छ। विदुरस्थित पार्टी कार्यालयमा सम्पन्न बैठकले विभिन्न १० वटा महत्त्वपूर्ण निर्णय गरेको जनाएको छ।

नेकपा एमाले नुवाकोट जिल्ला कमिटीका अध्यक्ष बद्री मैनालीको अध्यक्षता तथा वाग्मती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री केशवराज पाण्डेको प्रमुख आतिथ्यतामा सुरु भएको बैठकमा नेकपा एमाले वाग्मती प्रदेश कमिटी सदस्य रामशरण प्याकुरेल, ठाकुर गजुरेल, बिन्दा ढुंगाना लगायत नेताले मन्तव्य राख्दै निर्देशनात्मक भनाइ राखेका थिए।

बैठकले विदुर नगरपालिका बाहेक १ नगरपालिका र १० वटा गाउँपालिकामा संगठन बिस्तार समेत सम्पन्न गरेको छ। जस अन्तर्गत पञ्चकन्या गाउँपालिकामा सहजकर्ता दिपक कार्की, सुरेन्द्र तामाङ्ग सह-सहजकर्ता, अध्यक्षमा रामनाथ खनाल र सचिवमा शिबराम गाैतमलाई जिम्मा दिइएको छ। त्यस्तै दुप्चेश्वर गाउँपालिकामा सहजकर्तामा सुरज शेर्पा, सह-सहजकर्ता रामजी बिक, अध्यक्षमा प्रेम तामाङ्ग, सचिव वसन्त धिताललाई चयन गरिएको छ।

उता तादी गाउँपालिकामा सहजकर्ता शिबराम दाहाल, सह-सहजकर्तामा प्रेमबहादुर तामाङ्ग, अध्यक्षमा शाेभियतराज पाठक, सचिव हरि अधिकारी, लिखु गाउँपालिकामा सहजकर्ता भाेलाप्रसाद सेढाँई, सह-सहजकर्ता राजेन्द्र प्रकाश पाण्डे, अध्यक्ष मेघनारायण श्रेष्ठ, सचिव सुवास घलेलाई जिम्मा दिइएको सचिवालयले जनाएको छ।

त्यस्तै सुर्यगढी गाउँपालिकामा सहजकर्ता कुमार लामा, सह-सहजकर्ता मुकुन्द अाचार्य, अध्यक्षमा राजेन्द्र रिजाल सचिवमा प्रकाश खड्का, शिबपुरी गाउँपालिकामा सहजकर्ता रामचन्द्र थापा, सह-सहजकर्ता ईश्वर गुरूङ्ग अध्यक्षमा चिरञ्जीवी अधिकारी, सचिवमा बिष्णु श्रेष्ठ त्यस्तै ककनी गाउँपालिकामा सहजकर्ता चन्द्रबहादुर श्रेष्ठ बलामी सह-सहजकर्ता सानुमाया तामाङ्ग, अध्यक्षमा जनार्दन अधिकारी, सचिवमा याेगेन्द्र तामाङ्ग, किस्पाङ्ग गाउँपालिकामा अाशामाया तामाङ्ग, सह-सहजकर्ता रामचन्द्र नेपाल, अध्यक्षमा बिरबल तामाङ्ग, सचिवमा किसान माेक्तान, मेघाङ गाउँपालिकामा बिजय लाेप्चन सहजकर्ता, सेल्कर तामाङ्ग सह- सहजकर्ता , मेघनाथ तामाङ्ग अध्यक्ष, र चेम्बरसिह तामाङ्ग सचिब चयन भएका छन् ।

त्यस्तै तारकेश्वर गाउँपालिकामा चुडामणि गजुरेल (भरत) सहजकर्ता, नारायण रिमाल सह- सहजकर्ता, राममणि अधिकारी अध्यक्ष, रणबहादुर तामाङ्ग सचिब, बेल्काेटगढी नगरपालिकामा नारायण बस्नेत सहजकर्ता, बिन्दा नेपाल सह- सहजकर्ता, नमराज तिवारी अध्यक्ष , रूपा सापकाेटालाई सचिबमा जिम्मा दिइएको जिल्ला कमिटी सचिवालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्