माधव नेपाल एक्कासि टोखामा, रुष्ट भीम रावलले के भने ?



टोखा,साउन ६ । नेपाल कम्युनिस्ट पार्टी एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल बुधबार एक्कासी टोखास्थित पार्टीका उपाध्यक्ष भीम रावल निवासमा आएका छन् । पार्टीको स्थायी कमिटी बैठकमा उपाध्यक्ष रावल सहभागी नभएपछि उनलाई भेट्न नेपाल रावल निवास टोखा आइपुगेका हुन।

प्रधानमन्त्री शेरबहादुर देउवालाई साउन २ गते विश्वासको मत दिनुअघि नै सांसद पदबाट राजीनामा दिएका रावल एमालेका नेपालसँग रुष्ट छन् । पार्टी एकताका लागि अध्यक्ष ओली तयार रहँदा पनि नेता नेपाल स्वयं टाढिएको उनले बताउदै आएका छन् ।

पार्टी एकता गर्न बनाइएको १० बुँदे सहमति नेता नेपालकै कारण असम्भव भएको नेता रावलको ठहर छ । साउन २ गते प्रधानमन्त्री देउवाले विश्वासको मत लिनु र पार्टी एकता गर्न १० बुँदे कार्यान्वयनमा अध्यक्ष ओली लचक हुँदा नेता नेपालले आफूनिकटलाई संसद जोगानका लागि प्रधानमन्त्री देउवालाई विश्वासको मत दिन उर्दी जारी गरेका थिए । नेपाल-रावल बीच पछिल्लो राजनीतिक विषयमा कुराकानी हुने श्रोतले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्