कोरोना अपडेट: थप २७१४ संक्रमित थप, १२ सय संक्रमणमुक्त



काठमाडौं, साउन ७ । नेपालमा बितेको २४ घण्टामा कोरोना भाइरसका २ हजार ७ सय १४ जना संक्रमित थपिएका छन् । यससंगै कुल संक्रमितको संख्या ६ लाख ७४ हजार ७ सय २६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उल्लेख गरेको छ ।

पछिल्लो २४ घण्टामा १ हजार २ सय ८८ जना संक्रमणमुक्त भएका छन् । हालसम्म नेपालमा ६ लाख ३७ हजार ६ सय ९० जना संक्रमणमुक्त भएका छन् । सोही समयावधिमा १२ हजार ८ सय २९ जनामा गरिएको परीक्षणमा १८ सय ३५ जना पिसीआर विधिबाट र ८ सय ५९ जना एन्टिजेन विधिबाट संक्रमण पुष्टि भएको हो ।

त्यस्तै कोरोना संक्रमणबाट बिहीबार थप २४ जनाको मृत्यु भएको छ । यससँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ९ हजार ६ सय ६१ पुगेको स्वास्थ्य मन्त्रालयले तथ्यांकमा उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस्