चीनबाट आयो नेपालले किनेको थप ८ लाख डोज खोप



काठमाडौं,साउन ७ । चीनबाट नेपालले खरिद गरेको ८ लाख डोज खोप नेपाल ल्याइएको छ । नेपाल एयरलाइन्सको वाइडबडी जहाजले चीनको राजधानी बेइजिङबाट सो खोप बिहीबार काठमाडौं ल्याएको हो ।

बुधबार राति ११ बजे नेपालबाट उडेको जहाज बिहीबार दिउँसो २:०७ बजे त्रिभुवन विमानस्थलमा अवतरण गरेको थियो । यसअघि २५ असारमा चीनबाट पहिलो खेप खोप नेपाल आएको थियो ।

चीनबाट थप खोप लिन आजै जहाज बेइजिङ उड्दैछ । यो जहाज राती ११ बजे बेइजिङ जाने छ र शुक्रबार दिउँसो जहाज काठमाडौं आइपुग्नेछ । जहाजले आइतबारसम्म निरन्तर खोप लिई काठमाडौं आउने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्