टोखाको झोरदेखि मालुङसम्मको सडक झिलिमिलि



टोखा,साउन ७ । टोखा नगरपालिका वडा नम्बर १ को झोरदेखि मालुङसम्मको सडक झिलिमिलि भएको छ।

नगरपालिकाको मेयर उज्यालो कार्यक्रम अन्तर्गत झोरको बौडेश्वर माध्यमिक विद्यालयदेखि मालुङसम्मको सडक झिलिमिलि बनाइएको वडा नम्बर १ का अध्यक्ष श्रीकृष्ण अधिकारीले बताए।

उज्यालो सडक बनाउदै नगपालिकाका प्रमुख प्रकाश अधिकारीले निर्वाचन ताका आफू र आफ्नो टिमले जनतासँग गरिएका बाचा पूरा गर्नका लागि ‘मेयर उज्यालो कार्यक्रम’ तदारुकताका साथ सम्पन्न गर्न लागिपरेको बताए ।

मेयर उज्यालाे कार्यक्रममार्फत साँझ बिहान नागरिकलाई हिड्डुल सहजताका साथै आपराधिक घटना न्यूनीकरणमा टेवा पुग्ने अध्यक्ष अधिकारीले बताए ।

प्रतिक्रिया दिनुहोस्