दार्चुलामा ढुंगाले लागेर ओभरसियरको ज्यान गयो



दार्चुला,साउन ७। अपिहिमाल गाउँपालिका–५ मकरीगाडमा निर्माणाधीन मकरीगाड हाइड्रोपावरमा कार्यरत एक जना ओभरसियरको ढुंगा लागेर मृत्यु भएको छ । हाइड्रोपावरको पाइपलाइन खन्ने क्रममा खसेको ढुंगा लागेर ओभरसियर गणेशसिह बोहराको मृत्यु भएको प्रहरीले जनाएको छ ।

अपिहिमाल गाउँपालिका–३ घर भएका बोहरा निर्माणाधीन १० मेगावाट मकरीगाड हाइड्रोपावरमा ओभरसियरको रुपमा कार्यरत थिए ।

ढुंगा लागेर बोहराको घट्नास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी नरेन्द्र बहादुर चन्दले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्