शिवपुरी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत आचार्यको बिदाई



नुवाकोट,साउन ८ । नुवाकोट जिल्ला शिवपुरी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज आचार्यको बिदाई गरिएको छ। शुक्रबार गाउँपालिकाद्वारा आयोजित एक कार्यक्रम बीच अधिकृत आचार्यको बिदाई गरिएको हो।

गत १ वर्षदेखि शिवपुरीमा कार्यरत अधिकृत आचार्यलाई शिवपुरी गाउँपालिकाका अध्यक्ष रामकृष्ण थापाले बिदाई पूर्व कदरपत्रसहित सम्मान गरेका थिए।

हरेक योजना तथा कार्यक्रम देशको कानुन अनुरुप गरिनुपर्छ भन्ने भावनाले अभिप्रेरित आचार्यको बिदाईमा गाउँपालिकाका अध्यक्ष रामकृष्ण थापा, उपाध्यक्ष मन्जु केसी, वडाध्यक्षहरु, स्वास्थ्य शाखाका प्रमुख उद्धब कार्की, स्थानीय शिक्षक, बुद्धिजीवी, राजनितीकर्मी लगायतको उपस्थिति रहेको थियोे ।

गाउँपालिकाका अधिकृत आचार्यको अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सरुवा भएसंगै प्रमुख प्रशासकीय अधिकृतका रुपमा अशोक रेग्मी आउने गाउँपालिकाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्