कोरोना अपडेट: ३११४ संक्रमित, २१९७ मुक्त



काठमाडौं, साउन ९ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ३ हजार १ सय १४ जना संक्रमित थपिएका छन् । यससंगै कुल संक्रमितको संख्या ६ लाख ७९ हजार १७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

गत २४ घण्टामा २ हजार १ सय ९७ जना संक्रमणमुक्त भएका छन् । हालसम्म ६ लाख ४१ हजार ५ सय ६५ जना संक्रमणमुक्त भएकन छन् । मन्त्रालयको अनुसार २४ घन्टामा १४ हजार ९ सय १० जनामा गरिएको कोरोना परीक्षणबाट उक्त संक्रमण पुष्टि भएको हो ।

कोरोना संक्रमणबाट थप १६ जनाको मृत्यु भएको छ । यससँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ९ हजार ६ सय ९५ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्