अब खोप लगाउन सबै जिल्लामा अनलाइन फारम अनिवार्य भर्नुपर्ने



काठमाडौं, साउन ९ । अब खोप लगाउन सबै जिल्लामा अनलाइन फारम अनिवार्य भर्नुपर्ने भएको छ। स्वास्थ्य कार्यालय काठमाडौंले अबदेखि कोरोनाविरुद्धको खोप लगाउन अनलाइन फारम अनिवार्य गरेको हो। कोरोना खोप लगाउन काठमाडौं उपत्यकासहित ७७ वटै जिल्लामा अनलाइन फारम अनिवार्य गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार ७७ वटै जिल्लामा अबदेखि १८ वर्षदेखि ५० वर्ष उमेर समूहका नागरिकहरुले अनलाइन फारम दर्ता नम्बर ल्याए मात्र कोरोनाको खोप लगाउन पाउने भएका हुन ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको साउन १ गतेको पत्रमा उल्लेख भएअनुसार १८ वर्षदेखि ५० वर्षभन्दा माथिका नागरिकलाई आफ्नो नाम दर्ता गराउन आग्रह गरिएको छ । १८ वर्षभन्दा माथिका नागरिकले https://vaccine.mohp.gov.np मा गएर अनलाइन दर्ता गर्न सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्