बौडेश्वर माध्यमिक विद्यालयलाई खेलकुद तथा शैक्षिक सामग्री प्रदान



काठमाडौ,साउन १० । टोखा नगरपालिका वडा नम्बर १ मा रहेको बौडेश्वर माध्यमिक विद्यालयलाई सामुदायिक सिकाइ केन्द्र झोरले खेलकुद तथा शैक्षिक सामग्री प्रदान गरेको छ।

आइतबार बौडेश्वर माध्यमिक विद्यालयमा भएको एक कार्यक्रममा केन्द्रले विद्यार्थीलाई खेलकुद तथा शैक्षिक क्रियाकलापमा आवश्यक विविध सामग्री प्रदान गरेको हो।

प्रदान गरिएको सामग्रीमा भलिबल ५ वटा, बास्केटबल ४ वटा, भलिबल नेट २ वटा, ड्रम सेट २, डोरी १० वटा, हाते माईक १ वटा, ब्याडमिन्टन ११ सेट, शैक्षिक चाट १० थान, दराज स्टिल २ वटा, विश्व नक्सा १० वटा र टिभि ३२ ईन्चको २ थान  सामाग्री रहेको छ।

सो खेलकुद तथा शैक्षिक सामग्री हस्तान्तरण कार्यक्रममा प्रमुख अतिथि टोखा नगरपालिका वडा न १ का अध्यक्ष श्रीकृष्ण अधिकारीले विद्यालयका प्रधानाध्यापक उतमप्रसाद अधिकारीलाई हस्तान्तरण गरिएको थियोे। कार्यक्रम झोर महाकाल सिकाई केन्द्रका अध्यक्ष दिपेन्द्र लामिछानेको अध्यक्षतामा भएको थियो । कार्यक्रम सञ्चालन एचके धितालले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्