नुवाकोटका सबै स्थानीय तहमा साउन १५ र १६ कोरोना खोप लगाइने



नुवाकोट,साउन १३ । जिल्लाका सबै स्थानीय तहमा साउन १५ र १६ कोरोना खोप लगाइने तयारी गरिएको छ। जिल्लाको १२ वट्टै स्थानिय तहमा यही हप्ता अर्थात साउन १५ र १६ गते कोरोना भाइरसको खोप लगाइने भएको जिल्ला स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।

कोभिड १९ विरुद्धको राष्ट्रिय खोप अभियान अन्तर्गत जिल्लाका सबै स्वास्थ्य केन्द्रमा भेरोसिलको पहिलो मात्रा खोप लगाउन छुट भएका ५५ वर्ष माथि उमेर समूहकालाई खोप लगाइने कार्यालयले उल्लेख गरेको छ। त्यस्तै १७ गते भने जोनसोन एण्ड जोनसोन खोप अभियान सञ्चालन हुने स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।

कार्यालयका सुचना अधिकारी उत्तमराज खनालका अनुसार सो अभियानमा विश्वविद्यालय, विद्यालयका प्राध्यापक,शिक्षक र कर्मचारीहरु, सार्वजानिक यातायातमा कार्यरत चालक र सहचालहकहरु, नेपाल सरकारले तोकेका अत्यावश्यक सेवामा संलग्न खोप लगाउन बांकी ब्यक्तिहरु र खोप अनिवार्य गरेका देशमा जाने नेपाली नागरिकहरुले खोप लगाउन सक्नेछन् ।


यस्तै यही साउन १७ गते अर्थात आगामी आईतवार जोनसोन एण्ड जोनसोनको खोपको लागी ५० वर्ष देखि ५४ बर्ष उमेर समूहका नागरिकहरुलाई कोभिड विरुद्ध खोप लगाउन सकिने स्वास्थ्य कार्यालयले जनाएको छ ।खोप लगाउन आउँदा उमेर समूहको हकमा, उमेर खुल्ने आधिकारिक प्रमाणका साथ उपस्थित हुनुपर्ने भनिएको छ।

प्रतिक्रिया दिनुहोस्