मकवानपुरको सामरी खोला किनारमा महिलाको शव भेटियो



हेटौंडा,साउन १४ । मकवानपुरको सामरी खोलाको किनारमा एक महिलाको शव भेटिएको छ।

मकवानपुरगढी -४ स्थित सामरी खोलाको किनारमा शव भेटिएको हो।

उक्त  शव मकवानपुरगढी ६ बस्ने  ४२ बर्षीया तुलसी माया घलानको रहेको मकवानपुर प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले बताएका छन। बुधबार साँझ दुध पुराएर घर फर्किने क्रममा उनलाई सामरी खोलामा आएको भेलले बगाएको डिएसपी रिमालले जनाएका छन।शव पोस्टमार्टमका लागि हेटौँडा अस्पतालमा ल्याइएको छ।

प्रतिक्रिया दिनुहोस्