बेपत्ता अब्दुल यस्तो अवस्थामा पाँच दिनपछि मृत भेटिए



कपिलवस्तु,साउन १४ । जिल्लाको शिवराज नगरपालिका ५ खैरीका ५७ बर्षिय अब्दुल हुसेन मुसलमान (छोटकाउ)को शव फेला परेको छ । गत आइतबार विहान देखि बेपत्ता भएका मुसलमान बिहीवार शिवराज २ हरहट्टिमा मृत अवस्थामा भेटिएका हुन् । सुरहि नदिको किनारमा रहेको उक्त शवको टाउको गाडिएको, हातमा चोट लागेको देखिएको छ ।

घरबाट निस्केका ३ दिन वितिसक्दा घर नआएपछि मुसलमानको परिवारले खोजतलास गर्दा खैरी गाउँ नजिकै पुर्वपश्चिम राजमार्ग छेउमै अब्दुलको चप्पल भेटिएको थियो। चप्पल भेटिएको ठाउँमा अब्दुल घरबाट निस्केकै दिन कार दुर्घटना भएको थियो । लु १ ज ३३१३ नम्बरको कार दुर्घटना भएकै ठाउँमा अब्दुलको चप्पल भेटिनु र शव नजिकै सवारीको डाम देखिएकोले घटना रहस्मय बनेको छ ।

स्थानियहरुले भने उक्त कारले मुसलमानलाई ठक्कर दिएपछि खोला नजिकै लगेर फालेको आंशका गरेका छन् । दुर्घटना स्थलमा चप्पल भेटिनु र शव नजिकै गाडीका डामहरु देखिनुले दुर्घटनालाई लुकाउन शव फालेको हुनसक्ने स्थानिय रहिस शाहले बताउनुभयो ।वडा प्रहरी कार्यलय चन्द्रौटाले कार चालक विरु कुवँर सहित चार जना पक्राउ गरि अनुसन्धान भइरहेको प्रहरी निरीक्षक शकंर प्रसाद आचार्यले जानकारी दिनुभयो ।शवलाई पोष्टमार्टमको लागि जिल्ला अस्पताल कपिलवस्तु लगिएको छ ।

प्रतिक्रिया दिनुहोस्