आयोग उपाध्यक्ष पौडेलले लिए शपथ



काठमाडौं,साउन १५ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्वनाथ पौडेलले प्रधानमन्त्रीबाट शपथग्रहण गरेका छन् । सिंहदरबारमा बिहीवार प्रधानमन्त्री देउवाले पौडेललाई शपथ ग्रहण गराउनु भएको हो ।

सो क्रममा आयोगका नवनियुक्त उपाध्यक्ष पौडेलले कोरोना र बाढीपहिरोको प्रभावका बारेमा अध्ययन गरेर योजना बनाउने बताए । उनले नियमित कामका साथै समग्र योजना तर्जुमाको गुणस्तर बढाउने, अर्थसहितका अन्य मन्त्रालयलाई पृष्ठपोषण दिने गरी काम गर्ने बताए । योजना आयोगसँग प्रत्यक्ष र नियमित रूपमा जोडिने निकायलाई बलियो बनाउने लक्ष्य रहेको उपाध्यक्ष पौडेलले बताए ।

उपाध्यक्ष पौडेलले भने, ‘कोभिड र बाढीको प्रभावको बारेमा हामीले हेर्नुपर्नेछ । त्यसपछि नियमित काम, सम्पूर्ण योजनाको गुणस्तर बढाउने र अर्थलगायत अरू मन्त्रालयहरूलाई फिड ब्याक दिने र हामीलाई चाहिने अरू निकायहरूलाई बलियो बनाउने हाम्रो लक्ष्य छ ।’ गत मंगलवार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा पौडेललाई र सदस्यहरूमा रामकुमार फुयाँल र दिलबहादुर गुरुङलाई नियुक्त गरेको थियो । आर्थिक अभियानबाट

प्रतिक्रिया दिनुहोस्