बर्दियामा दुई फरक मुद्दामा फरार ३ जना पक्राउ



बर्दिया,साउन १६ । बर्दिया प्रहरीले दुई छुट्टा-छुट्टै मुद्दामा फरार रहेका ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला अदालत बर्दियाले सार्बजनिक अपराध मुद्दामा जनही ५ हजार जरीवाना तोकेका दुई जना र सवारी ज्यान मुद्दामा २ महिना ४ दिन कैद सजाय तोकेका एक जना रहेका छन् ।

जसमध्ये सार्बजनिक अपराध मुद्दामा राजापुर नगरपालिका वडा नं.१ बस्ने अशोक चौधरी र सोही ठाउँका केशब थारु पक्राउ परेको जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक हेम बहादुर शाहीले जानकारी दिनुभयो ।

उनीहरुलाई शुक्रबार पक्राउ गरी जिल्ला अदालत गुलरियामा बुझाईएको छ । पक्राउ परेका दुई जनालाई अदालतले वि.स २०७२ सला चैत ९ गते सार्बजनिक मुद्दामा जनही ५ हजार जरीवाना तोकेको थियो ।

प्रतिक्रिया दिनुहोस्