थप एक हप्ता थपियो उपत्यकामा निषेधाज्ञा, अनुगमनलाई प्रभावकारी बनाइने



काठमाडौ,साउन १९ । उपत्यका काठमाडौंसहितका प्रमुख जिल्ला अधिकारीको बैठकले जारी निषेधाज्ञा एक साता थप गर्ने निर्णय गरेको छ। ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाका अनुसार कोरोनाको संक्रमणदर पछिल्लो समय बढ्दै गएकोले यसलाई नियन्त्रण गर्न प्रमुख जिल्ला अधिकारीको टोली र सूरक्षा निकायले जनस्वास्थ्य मापदण्ड पालना भएको वा नभएको बारेमा प्रभावकारी रुपमा अनुगमन गर्ने निर्णय भएको छ।

जनस्वास्थ्यका मापदण्ड पालना नगर्ने र अटेर गर्नेलाई कानुनी दायरामा ल्याइने समेत उहाँले बताउनुभयो । भिडभाडजन्य गतिविधि नरोकिए अझ कडाईका साथ अघि बढ्ने प्रजिअ निरौलाले बताउनुभयो । जारी निषेधाज्ञामा भिडभाड रोक्न स्थानीय निकायको सहभागीतामा प्रचार प्रसार र जनचेतनाको कार्यक्रमलाई प्रभावकारी रुपमा अगाडि लैजाने निर्णय भएको उहाँले बताउनुभयो ।

साथै कोरोनाको परीक्षण दायरा बढाउने विषयमा समेत बैठकमा निर्णय भएको छ । साथै यस्तै अवस्थामा संक्रमणको दर बढ्दै गएमा निषेधाज्ञा नियमलाई फेरबदल आगामी दिनमा गर्ने विषयमा छलफल भएको समेत प्रजिअ निरौलाले बताउनुभयो । छिल्लोपटक थप गरिएको निषेधाज्ञाको अवधि बुधवार राति १२ पछि सकिँदैछ भने उपत्यकामा गएको वैशाख १६ गतेदेखि निषेधाज्ञा लागू गरिएको थियो ।

प्रशासनद्वारा जारी विज्ञप्ती

प्रतिक्रिया दिनुहोस्