तनहुँमा जीप दुर्घटना हुँदा ९ जना घाइते



तनहुँ,साउन २०। तनहुँमा जीप दुर्घटना हुँदा ९ जना घाइते भएका छन् । शुक्लागण्डकी नगरपालिका वडा नं–३,स्थित बेसारेगौँडामा जीप दुर्घटना भएको हो ।

पृथ्वीराजमार्गसंग जोडिएको कच्ची बाटो हुँदै शुक्लागण्डकी-६ दुलेगौँडातर्फ आउँदै गरेको ग २ च ४०३४ नं को सुप्रिया डिलक्स जीप बेसारेगौँडामा दुर्घटनामा परेको हाे ।

दुर्घट्नामा परी नौ जना यात्रुहरु घाइते भएका छन् । घाइतेमध्ये ६ जना मध्यम र तीन जना सामान्य घाइते भएका छन् । दुर्घट्नामा शुक्लागण्डकी-३,का १८ बर्षिया पुजा नेपाली ,१२ बर्षिय युकेश थापा,२४ बर्षिय सञ्जय श्रेष्ठ ,२२ बर्षिय अमृता नेपाली ,२५ बर्षका विष्णु बहादुर परियार र ७७ बर्षिया मैती परियार घाइते भएका छन् ।

घाइतेहरुको पोखरास्थित फेवासिटी अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय बेलचौतराका प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काले जानकारी दिए ।

खड्काका अनुसार तनहुँ सेवा हस्पिटलमा उपचार गराएका तीन जना भने सामान्य उपचार पछि डिस्चार्ज भएका छन् । प्रहरी निरीक्षक खड्काले जीपको ब्रेक फेल भएर दुर्घट्ना भएको बताएका छन् । चालकसँग सवारी चालक अनुमति पत्र पनि नरहेको र घटनाकाे विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

जीप र चालक प्रहरीको नियन्त्रणमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्