गुल्मीमा जीप दुर्घटना हुँदा ५ जना घाइते



गुल्मी,साउन २० । जिल्लामा जीप दुर्घटनामा ५ जना घाइते भएको छन् । बुधवार बेलुकी जिल्लाको सत्यवति गाउँपालिका वडानम्बर–४ खैरेनीबाट लिंगा तर्फ जाँदै गरेको लु २ च १४६८ नम्बरको जीप दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

दुर्घटनामा ५ जना मध्यम घाइते भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परि घाइते हुनेहरुमा सत्यवति–४ बस्ने वर्ष ३६ को (चालक) सेरबहादुर श्रीसमगर, सत्यवति–४ बस्ने ६८ वर्षकी नैनकला पौडेल, सत्यवति–७ बस्ने ७४ वर्षका चन्द्र बिक, सत्यवति–५ बस्ने ५० वर्षकी दिलकुमारी पुन र सत्यवति–५ बस्ने ६५ वर्षकी भद्रिकला ज्ञवाली रहेको प्रहरी जनाएको छ

घाइतेहरुलाई प्रथामिक स्वास्थ्य केन्द्र जोहाङमा उपचारको लागि लगिएको प्रहरीले जनाएको छ । जीप आफै अनियन्त्रित भइ सडकबाट करिब १५ मिटर तल खसेको थियो ।

प्रतिक्रिया दिनुहोस्