नेपालको पहिलो दमकल सङ्ग्रहालयमा राखिने



काठमाडौं,कात्तिक ११ । नेपालको पहिलो दमकल ‘जुद्ध वारुण यन्त्र’लाई काठमाडौंको वसन्तपुरस्थित कार्यालयमा सङ्ग्रहालय बनाएर सर्वसाधारणका लागि खुला गरिने भएको छ।

एक सय नौ वर्ष पुरानो ऐतिहासिक दमकलसहित अन्य पुराना दमकललाई मर्मतसम्भार गरी पहिलेको स्वरूपमा फर्काएर प्रदर्शनीमा राख्ने तयारी गरिएको काठमाडौं महानगरपालिकाले जनाएको छ।

विसं १९९४ मा तत्कालीन राणा प्रधानमन्त्री जुद्धशमशेरले बेलायतबाट दमकल मगाएर वसन्तपुरमा जुद्ध वारुण यन्त्र सञ्चालनमा ल्याएका थिए। त्यतिबेला सडक सञ्जाल नहुँदा दमकलका पाटपुर्जा फुकालेर मानिसले बोकेर काठमाडौं ल्याइएको थियो।

भक्तपुर र ललितपुरमा रहेका पुराना दमकललाई पनि सङ्ग्रहालय बनाएर संरक्षण तथा प्रदर्शनीमा राख्ने पहल भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्