सबै तहका परीक्षाहरु स्थगित गर्न शिक्षा मन्त्रालयलाई स्वास्थ्य मन्त्रालयको निर्देशन



काठमाडौँ,साउन २२ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै तहका परीक्षाहरु स्थगित गर्न सीसीएमसीलाई सिफारिस गरेको छ । सो जानकारी स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले ट्वविटमार्फत जानकारी दिएका छन्।

‘कोभिड–१९ संक्रमण फैलदैं गएको विद्यमान परिस्थितिमा ४ लाख विद्यार्थीको जीवनरक्षाप्रति हामी अत्यन्त संवेदनशील छौं।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निकट भविष्यमा हुन लागेका सबै परीक्षा स्थगन गर्न शिक्षा मन्त्रालय र कोभिड–१९ संकट व्यवस्थापन केन्द्रलाई सिफारिश गरेको जानकारी गराउँछु’ उनले लेखेका छन्।

प्रतिक्रिया दिनुहोस्