कक्षा १२ को परीक्षा स्थगित



काठमाडौं,साउन २३ । कक्षा १२ को परीक्षा स्थगित भएको छ। राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा स्थगित गर्ने निर्णय गरेको हो ।

शनिबार बसेको परीक्षा बोर्डको बैठकले कक्षा १२ को परीक्षा स्थगित गरेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय स्रोतले जनाएको छ ।

यसअघि आगामी साउन ३१ गतेदेखि भदौ ९ गतेसम्म परीक्षा गर्ने तयारी बोर्डले गरेको थियोे ।

प्रतिक्रिया दिनुहोस्