शिक्षक महासंघको आन्दोलनमा प्रहरी धरपकड, सयौं शिक्षक पक्राउ



काठमाडौं,साउन २९ । नेपाल शिक्षक महासंघको आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बिहान १० बजे धर्ना दिन तयारी गरेका शिक्षक नेताहरूसहितको समूहलाई प्रहरीले धरपकड गरेको हो।

टङालस्थित एक विद्यालयमा भेला हुँदै गरेका शिक्षकमाथि प्रहरीले धरपकड गरेको छुट अस्थायी करार शिक्षक संघर्ष समितिका केन्द्रिय अध्यक्ष अनिता थापाले बताइन। एकीकृत अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष शंकर अधिकारीका अनुसार कार्यक्रमको तयारी गर्दैगर्दा शिक्षकहरु माथि एक्कासि प्रहरीले हस्तक्षेप गरेको हो। प्रहरीले थुप्रै ठाउँबाट शिक्षक साथीहरूलाई पक्राउ गरेको खबर पाएका छौं- अध्यक्ष थापाले बताइन् ।

कार्यक्रम तयारीका क्रममा शिक्षक महासंघका सह अध्यक्ष पूर्ण दवाडी, महासचिव लक्ष्मीकिशोर सुवेदी, नेपाल शिक्षक संघका अध्यक्ष राजेन्द्रराज पौडेललगायत शिक्षक नेताहरुलाई प्रहरीले प्रकाउ गरेपछि बालुवाटारमा धर्ना दिने महासंघको पूर्वनिर्धारित कार्यक्रम विथोलिएको छ।

प्रतिक्रिया दिनुहोस्