क्रस होल्डीङ भएका लघुवित्त असार महीनाभित्र मर्ज हुनुपर्ने



काठमाडौं,साउन ३० । वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरुको दोहोरो लगानी (क्रस होल्डीङ) भएका लघुवित्त वित्तीय संस्थाहरु आगामी असार महीनाभित्र नै मर्जरमा जानुपर्ने भएको छ ।

नेपाल राष्ट्र बैंकले शुक्रवार चालू आवको मौद्रिक नीति सार्वजनिक गर्दै यस्तो व्यवस्था गरेको हो ।

त्यस्ता लघुवित्तहरु २०७९ असार मसान्तभित्र एक आपसमा गाभ्नु वा गाभिनु पर्ने व्यवस्था गरिने मौद्रिक नीतिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्