विदुर–१ को ढुंगे–पावरहाउसमा ७० मिटर लामो बेलीब्रिज निर्माण तीव्र



नुवाकोट,कात्तिक १० । विदुर नगरपालिका–१ अन्तर्गत ढुंगे–पावरहाउस जोड्ने ७० मिटर लामो बेलीब्रिज निर्माण कार्य तीव्र गतिमा अघि बढेको छ ।

स्थानीय बासिन्दाको आवागमन सहज, सुरक्षित र छिटो बनाउने उद्देश्यले सडक विभाग, ललितपुरको सहयोगमा पुल निर्माण भइरहेको हो । सिद्धकाली निर्माण सेवा, रामेछापले निर्माणको जिम्मा पाएको पुलको सम्झौता गत असोज २३ गते भएको थियो ।

सम्झौताअनुसार आगामी कात्तिक २१ गतेसम्म निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ । पुल निर्माण सम्पन्न भई सञ्चालनमा आएपछि यस क्षेत्रका बासिन्दाको आवतजावत सहज हुनुका साथै स्थानीय व्यापारिक गतिविधिमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्