टोखा र तारकेश्वर नगरका कर्मचारी बीच फुटबल प्रतियोगिता सम्पन्न



काठमाडौ,साउन ३० । टोखा नगरपालिका र तारकेश्वर नगरपालिकाका कर्मचारी बीच फुटबल प्रतियोगिता सम्पन्न भएको छ।

तारकेश्वर नगरपालिका वडा नम्बर १ स्थित जीफोर फुटसलमा भएको प्रतियोगितामा टोखा नगरपालिकालाई हराउँदै तारकेश्वर नगरपालिकाले जीत हासिल गरेको छ। मैत्रीपूर्ण फुटसल प्रतियोगितामा टोखा नगरपालिकाले ४ गोल र तारकेश्वर नगरपालिकाले ६ गोल गरेको थियोे ।

नगरपालिकास्तरीय मैत्रीपूर्ण प्रतियोगितामा टोखा नगरपालिकाका नगर प्रमुख प्रकाश अधिकारी, तारकेश्वर नगरपालिकाका नगर उप-प्रमुख भवानी डोटेल धिताल, तारकेश्वर नगरपालिकाका प्रशासकीय अधिकृत शिव प्रसाद लम्साल र टोखा नगरपालिकाका प्रशासकीय अधिकृत प्रकाश आचार्यको समेत उपस्थिति रहेको थियोे ।

खेलको सुरुवातमा टोखा नगरपालिकाका नगर प्रमुख प्रकाश अधिकारी र तारकेश्वर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिव प्रसाद लम्सालले संयुक्त रुपमा एकअर्का टिममा पालैपालो पेनाल्टी हानेर १/१ गोल गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्