मकवानपुरमा एक पुरुष मृत भेटिए



मकवानपुर,साउन ३० । मकवानपुरको बकैया गाउँपालिका ११ को जंगलमा एक पुरुष मृत भेटिएका छन् ।

मृत भेटिएका पुरुष मकवानपुरगढी १ जैरेटार बस्ने वर्ष २८ को मान बहादुर लुङ्बाको रहेको प्रहरीले जनाएको छ।

उनको शव बकैया गाउँपालिका वडा नम्बर-११ स्थित नियाले भञ्ज्याङको श्रीडाँडा जंगलमा फेला परेको मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले बताएका हुन् ।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्