सुनको मूल्य बढ्यो, तोलाको कति?



काठमाडौं,साउन ३१ । नेपाली बजारमा सुनको मूल्य बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो शनिबार सुनको मूल्य प्रतितोला ८९ हजार ७ सयमा कारोबार भएकोमा आज आइतबार तोलामा एक हजारले बढेको हो ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९० हजार ७ सय रहेको छ भने तेजावी सुनको मूल्य ९० हजार २ सय रहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । हिजो चाँदीको मूल्य ११८५ मा कारोबार भएकोमा आज बढेर तोलामा १२०५ कायम गरिएको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्