नेपाली बजारमा सुनचाँदीको मूल्य बढ्यो



काठमाडौं,भदौ १ । नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघका अनुसार सोमबारको तुलनामा मंगलबार सुन तोलाको ४०० रुपैयाँ र चाँदी १० रुपैयाँले बढेको हो ।

महासंघका अनुसार मंगलबारका लागि छापावाला सुनको मूल्य प्रतितोला ९१ हजार रुपैयाँ, तेजावी सुनको मूल्य ९० हजार ५०० रुपैयाँ र चाँदीको मूल्य तोलाको १ हजार २१० रुपैयाँ कायम कायम गरिएको छ ।

सोमबार छापावाला सुन प्रतितोला ९० हजार ६०० रुपैयाँ, तेजाबी सुन प्रतितोला ९० हजार १०० रुपैयाँ र चाँदी तोलाको १ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्