शुक्रबार बढ्यो सुनचाँदीको मूल्य, तोलामा कति?



काठमाडौं,भदौ ४ । नेपाली बजारमा सुनचाँदीको मूल्य शुक्रबार बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारको तुलनामा शुक्रबार सुन तोलाको ४०० रुपैयाँ र चाँदी १५ रुपैयाँले महँगिएको हो ।

महासंघका अनुसार शुक्रबारका लागि छापावाला सुनको भाउ तोलाको ९२ हजार २०० रुपैयाँ, तेजावी सुनको भाउ ९० हजार ७०० रुपैयाँ र चाँदीको भाउ प्रतितोला १ हजार १९५ रुपैयाँ निर्धारण गरिएको छ ।

बिहीबार छापावाला सुन प्रतितोला ९० हजार ८०० रुपैयाँ, तेजावी ९० हजार ३०० रुपैयाँ र चाँदी तोलाको १ हजार १८० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्