सुनको भाउ घट्यो, आज कतिमा हुँदैछ कारोबार ?



काठमाडौं, भदौ ९ । आज नेपाली बजारमा सुनको मुल्य ३ सयले घटेको छ । मंगलबार प्रतितोला ९१ हजार ६ सयमा कारोबार भएको छापावाल सुनको मुल्य बुधबार प्रतितोला ९१ हजार ३ सय रुपैयाँमा खरिद बिक्रि भैरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजावी सुनको मुल्य ९१ हजार ८ सय कायम भएको छ ।

त्यस्तै, आज चाँदीको मूल्य भने १० रुपैयाँले बढेको छ । महासंघको अनुसार आज चाँदी प्रतितोला १२ सय १० रुपैयाँ कायम भएको छ ।

प्रतिक्रिया दिनुहोस्